८ बैशाख २०८१, शनिबार
Follow Us

संघको हितमा हातेमालो गरेर अघि बढौं : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७९, बुधबार १९:२५

नेपालीको लागि नेपाली” भन्ने मुल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले अक्टोवर ११ तारिखलाई गैरआवासीय नेपाली दिवसको रुपमा मनाउदै आएको दिवश यसपटक पनि हामीले धूमधामले मनायौँ ।

विगत १८ वर्षमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीचको सहकार्यले मात्र यो अभियान सफल हुदै आएको हो । विदेशमा बस्ने नेपाली समुदायका समस्याहरुलाई नेपाल सरकार समक्ष ल्याउन संघले पुलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

गैरआवासीय नेपाली संघ बिशुद्ध सामाजिक संस्था भएको यहाँहरुलाई सर्वधितनै छ । यसर्थ हामी सबै मिलेर यो सामाजिक उत्तरदायित्व र मातृभूमिप्रति कर्तव्य पूरा गर्नु आवश्यक छ । त्यसका लागि हामी सबैले आपसी विश्वास, समझदारी एकता र सद्भाव सहित अघि बढ्नु जरुरी छ । एनआरएनए एक अभियान हो जसलाई निरन्तरता दिनु हामी सबैको दायित्व हो । मलाई विश्वास छ, यस दायित्व सबैले पूरा गर्नेछन् ।

यस सभाबाट प्राप्त सुझावहरु हामीले नेपाल सरकार र समबन्धीत सरोकारवाला समक्ष प्रस्तुत गर्नेछौँ । ती सुझाव सम्बोधनका लागि नेपाल सरकार सकारात्मक रहनेमा हामी विश्वस्त छौ ।

साथै, यस गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नुभएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,माननीय गृहमन्त्री बालकृष्ण खाँड लगायत विभिन्न रााजनीतिक दलका प्रतिनिधिहरु विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरु लगायत भौतिक र भर्चुअल माध्यमबाट सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

साथै, आगामी मंसिर ४ गते संघिय तथा प्रदेशको निर्वाचनको पूर्ण सफलताको कामना गर्दछु । साथै समस्त गैरआवासीय नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न नेपाल सरकार निर्वाचन आयोग र सम्बद्ध सबैलाई अनुरोध गर्दछु ।

अत्यमा, विश्वभर रहेका समस्त गैरआवासीय नेपालीहरुबीच आपसी विश्वास, समझदारी एकता र सद्भाव कायम राख्दै हातेमालो गर्न र आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गर्दै यो कार्यक्रम यही सकिएको घोषणा गर्दछु ।

(कार्यकारी अध्यक्ष थापाले संघको साधारणसभाको समापन समारोहमा दिएको मन्तव्य)