२९ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए महासचिव गौरी जोशीलाई मातृशोक

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७९, बिहीबार १८:१५

चितवन । गैर आवासीय नेपाली संघ -एनआरएनए_ अन्तर्राष्ट्रिय समन्वय परिषद् -आइसीसी_ महासिचव गौरीराज जोशीलाई मातृशोक परेको छ।

जोशीका आमा ७२ वर्षीया भुपा कुमारी जोशीको बिहिबार साँझ ६ बजेर १६ मिनेटमा चितवन मेडिकल कलेजमा निधन भएको हो।

महासचिव जोशीका अनुसार आमालाई पछिल्लो दश बर्ष यता दम (आश्मा) रोग थियो। रोगले च्यापेपछि, घटस्थापनाका अस्पताल भर्ना गरिएको थियो।

महासचिव जोशीले आफु १५ वर्षको उमेर हुदाँ बुबा गुमाएका थिए।

स्वर्गिय भोप कुमारी जोशीका चार छोरा र एक छोरी छन्। जेठो छोरा बाहेक अरु सबै अमेरिका बस्दछन्। गौरी जोशी माहिलो छोरा हुन्।

अन्तिम श्रद्धान्जली पछि शुक्रबार बिहान देवघाटमा दाह संस्कार गर्ने कार्यक्रम रहेको छ।