८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रियसभाका अध्यक्ष तिमल्सीना बेलायत आउने

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७९, शनिबार २०:२२

लण्डन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सीना लण्डन आउने भएका छन् ।
गैरआवासीय नेपाली संघ यूकेका अनुसार तिमल्सीनाले मंगलवार हुने संघको विशेष महाधिवेशनमा सहभागी हुने भएका छन् ।

सोमवार विहान लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने तयारीमा रहेका तिमल्सीनाले सोमवार साँझ प्रवासी नेपाली मंच यूकेले लण्डनमा आयोजना गर्ने च्यारीटी कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनी बेलायतमा करिब एक साता रहने छन् । तिमल्सीना तमुधीं यूके लगायत यहाँस्थित संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छन् ।