१५ चैत्र २०८०, बिहीबार
Follow Us

शेष घलेले एनआरएनएको दावी छोडे, ‘ग्लोवल एनआरएनए फाउण्डेशन’ मार्फत गतिविधि गर्ने (भिडियो)

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७९, शनिबार २१:४१

लण्डन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघको नाममा गतिविधि नगर्ने भएका छन् । संघको गत मार्च महिनामा छुट्टै १० औं महाधिवेशन गरेर विनोद कुँवरको अध्यक्षतामा गैरआवासीय नेपाली संघ गठन गरेका घलेले ‘ग्लोवल एनआरएनए फाउण्डेशन’ गठन गरेका हुन् ।

निजी क्षेत्रको आयोजनामा नेपालमै पहिलोपटक दुई दिने ‘नेपाल ग्रीन हाइड्रोजन समिट २०२२’ सम्पन्न भएको छ । अस्ट्रेलियाका व्यवसायी शेष घले अध्यक्ष रहेको मेलर्वन इन्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) फाउण्डेशनले ग्लोबल एनआरएनए फाउण्डेशनको साझेदारीमा ग्रीन हाइड्रोजन समिट आयोजना गरेको थियो ।

यही क्रममा शेष घलेले समेत नेपालमा ग्रीन हाइड्रोजनमा १०० मिलियन अमेरिकी डलर बराबरको लगानी गरेर वार्षिक ५० मेगावाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने घोषणा गरेका छन् ।
हाल विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायतका देशहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रीन हाइड्रोजनमा लगाएका छन् । कार्बन शून्य गर्ने लक्ष्य भेट्टाउन ग्रीन हाइड्रोजनले सहयोग र्पुयाउने भएपछि विश्वको ध्यान नै यसतर्फ मोडिएको हो ।