१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७९, सोमबार १२:०२

लण्डन । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र पुष्प तिमल्सिना बेलायत आइपुगेका छन् ।

सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिना र पुष्प तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरे ।

तिमल्सिनाद्वय आज सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् ।

तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरु बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतका नेताहरु एयरपोर्ट गएका थिए ।

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो ।

शुभकामना साँझमा नेपालीबाट आएका कलाकारहरुसँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ । तिमल्सिनाले मंगलवार गैरआवासीय नेपाली संघ यूकेको विशेष साधारणसभाको समेत उद्धघाटन गर्ने संघले जनाएको छ । तिमल्सिना बेलायतस्थित नेपाली संघसँस्थाद्धारा आयोजना हुने बिभिन्न कार्यक्रममा सहभागी हुने छन् । उनी बेलायतमा १० दिन रहने बताएको छ ।