८ बैशाख २०८१, शनिबार
Follow Us

प्रेम गाहामगरद्धारा एनआरएनए यूके कार्यसमितिको पुनर्गठन

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७९, सोमबार २३:०४

लण्डन् । गैरआवासीय नेपाली संघले बर्खास्त गरेका एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले कार्यसमितिको पुनर्गठन गरेका छन् ।

गाहामगर समूहको आइतवार सम्पन्न भरर्चुअल भेलाले निर्वाचित कार्यसमितिका अधिकांस पदाधिकारीहरुलाई बर्खास्त गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा भरतमणि चोङबाङ, गजेन्द्र गुरुङ, विमला लिम्बु (महिला) चयन भएका छन् । यस्तै भेलाले महिला सचिवमा प्रमिला लबुङ राई, सचिवमा किरण राई, कोषाध्यक्षमा चम्पा थापामगर, सहकोषाध्यक्षमा रबिन गुरुङ र महिला संयोजकमा अमृता गिरी गजुरेललाई चयन गरेको छ ।

यस्तै कार्यसमितिको सदस्यहरुमा धन तामाङ, मणिकला राई गुरुङ, मणि सुवेदी, सुस्मिता थापा, एन्ड्रसन राई, निकेश लिम्बु र तारा गरबुजा छानिए ।

भेलाले वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्यान्डको तीनवाट राज्यको अध्यक्ष र उपाध्यक्ष तोक्ने निर्णय गरेको छ ।