८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली चेली ग्रीस्मा लोहनी वीनचेस्टरमा काउन्सिलर

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७९, मंगलवार ०९:०४

लण्डन । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनित भएकी छन् । लण्डनदेखि १ सय किलोमिटरको दुरीमा रहेको साउथ वेस्टन वीनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनित भएकी हुन् ।

यसअघि अन्य काउन्सिलमा नेपालीहरु निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनित हुने उनी पहिलो नेपाली महिला हुन् ।

काठमाडौं जन्मघर भएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियर समेत हुन् । काउन्सिलभित्र प्राविधिकको रुपमा राम्रो नजिता निकाल्न सकेको भन्दै साउथ वेस्टन वीनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो ।

१९ वर्ष देखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुलेकी थिइन् ।

लोहनीले काउन्सिलभित्र आफूले गरेको प्रभावकारी कार्यकुशलताको मुल्यांकन गर्दै सो पदमा मनोनित भएको बताइन् । उनले आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गरेकी छन् ।

उनी  विगत १ वर्षदेखि फिलाइन्स् सिभिल इन्जिनियरको रुपमा कार्यरत छिन् । उनले बेलायतको साउथ ह्याम्टन युनिर्भरसिटीबाट इन्जिनियरिङ गरेकी हुन् । उनी इस्टिच्युट अफ सिभिल इन्जिनियर (आइसीइ) केन्द्रीय सदस्य समेत समेत छन् ।

सामाजिक सेवामा समेत रुचि राख्ने लोहनीले नेपालमा बिभिन्न सामाजिक क्षेत्रका कार्यमा आर्थिक सहयोग समेत गरेकी छन् । नेपालमा २०७२ सालमा भूकम्प गएका बेला उनकै सक्रियतामा स्थानीय रुपमा करिब ८ लाख नेपाली रुपैयाँ संकलन गरेर भूकम्प पीडितलाई सहयोग गरिएको थियो । उनले हेल्प नेपाल नेटवर्कमार्फत समेत सहयोग गर्दै आएकी छन् । उनका श्रीमान सुमिन लोहनी हस्पिटालिटी व्यवसायमा आवद्ध छन् ।