१५ चैत्र २०८०, बिहीबार
Follow Us

लर्डश मैदानमा हुने एमसीसी र नेपाल बीचको खेल कसरी लाइभ हेर्ने ?

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७३, सोमबार १२:३७

लन्डन । लन्डनको लर्डश मैदानमा मंगवार हुने नेपाल र एमसीसी बीचको खेल घरमै बसेर अनलाइनमा समेत हेर्न मिल्ने भएको छ ।
बेलायतको चर्चित मैदान लर्डस् खेल युट्युव च्यानल र फेशबुक पेज मार्फत प्रत्यक्ष हेर्न पाइने भएको छ ।

युट्युव च्यानलले खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । त्यस्तै लर्डस्को फेसबुक पेजमा पनि यो खेल हेर्न सकिने बताइएको छ ।
५० ओभरको खेलमा नेपालको कप्तानी पारस खड्काले गर्नेछन् भने एमसीसीको कप्तान मिडलसेक्सका पूर्व अलराउन्डर किथ खेल हेर्न बेलायतका बिभिन्न स्थानबाट हजारैंको संख्यामा नेपालीहरुको ओहिरो लाग्ने अपेक्षा गरिएको छ ।

खेल हेर्न आउने दर्शकहरुको सहयोगका लागि नेपाली दूतावास लन्डनले १ सय २० भन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । सो खेल हेर्न गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने समेत लन्डनमा आइपुगेका छन् ।