१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूकेको अध्यक्षमा खड्का र उपाध्यक्ष श्रेष्ठ सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७९, मंगलवार २१:५६

दीपक श्रेष्ठ उपाध्यक्षमा आए

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा सुनिलबाबु खड्का सर्वसम्मत चयन भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको मंगलवार लण्डनमा सम्पन्न विशेष महाधिवेशनले उनलाई आगामी जुलाई महिना सम्मको लागि अध्यक्ष पदमा सर्वसम्मतले चयन गरेको हो ।

यसअघि संघका अध्यक्ष प्रेम गाहामगरलाई गैरआवासीय नेपाली संघले बर्खास्त गरे पछि उक्त पद रिक्त थियो । खड्का यसअघि संघको उपाध्यक्ष थिए । खड्का अध्यक्ष भए पछि रिक्त उपाध्यक्ष पदमा एनआरएनए यूकेका पूर्व इंल्याण्डराज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठलाई सर्वसम्मतले सो जिम्मेवारी दिइएको छ ।

एनआरएन यूकेका सचिव विष्णु चालिसेका अनुसार साधारणसभाले रिक्त कार्यसमितिको सदस्यहरुमा ह्यान्सन गौचन, तिलक भट्टराई र समिर भट्टराई मनोनित भएका छन् ।

महाधिवेशनले संघको आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । महाधिवेशनमा संघको केन्द्रीय पदाधिकारी लगायत संघका सदस्यहरुको बाक्लो उपस्थिति थियो ।