१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फिल्म ‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७९, शुक्रबार ०४:४६

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ ।

स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ ।

‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको चलचित्र हो । अभिनेत्रीको खोजीमा निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकीसम्म पुगेका थिए । अब मंसिरबाट फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।

सुदर्शन थापाको निर्देशन र सुभाष थापाको निर्माण रहने यस फिल्ममा अर्पण थापा, राज कटुवाल, लोकमणि सापकोटा, प्रकाश घिमिरे, कमलमणि नेपाल, कुल्दिप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय रहनेछ । फिल्मको कथा पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।