१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उपराष्ट्रपति पुनद्वारा एनआरएनए सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७९, आईतवार ११:५५

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित भएका छन ।
शनिबार फोकस नेपालले रास्ट्रीय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना बिशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच न्यौपानेलाई सम्मान गर्नु भएको हो ।

झापामा जन्मिई मलेसियालाई आफ्नो कर्मभुमी बनाएका न्यौपाने विगत २ दशक देखी बिदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागी बिभिन्न क्षेत्रमा सकृय रहेका छन । हाल मलेसियामा एटी सेक्युरिटी कम्पनी संचालन गर्दै १००० भन्दा बढी नेपालीलाई रोजगारी दिईरहेका न्यौपाने विकास हाईड्रोपावर कम्पनि नेपालका अध्यक्ष पनि हुन । न्यौपानेले हाईड्रोपावरसङ्गै ट्राभल्स,बैंकिंग,रियल स्टेट क्षेत्रमा पनि नेपालमा लगानी गरेका छन ।

उपराष्ट्रपतिको हातबाट सम्मान ग्रहण पाउँदा आफूलाई गर्व महशुस भएको न्यौपानेले प्रतिक्रिया दिदै आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अगाडी बढ्ने बताए । उनले आफुले निस्वार्थ रुपमा गरेको समाजसेवाकै आधारमा सम्मानित गरिएकोमा सम्माननीय उपरास्ट्रपतिप्रती आभार ब्यक्त गरे ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र क्षेत्रीलगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूको पनि सम्मान सहित संस्कृति झल्कने पञ्चेबाजा गीत सङ्गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।