१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएले दियो खेलाडीलाई धन्यवाद

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७९, आईतवार १८:३१

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका खेलाडीहरुप्रति आभार व्यक्त गरेको छ ।

संघको तर्फबाट युवा उपाध्यक्षहरु हिमाल गुरुङ, रोशन थापा र राज रेग्मीले एक विज्ञप्ति जारी गर्दै खेलाडी, प्रशिक्षक, म्यानेजर लगायत सम्पूर्ण सरोकारवालाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा खेलकुदको माध्यमबाट विदेशमा रहेका युवा तथा दोश्रो पुस्ताको नेपालप्रति लगाव भएको र भविष्यमा पनि खेलकुद माध्यमबाट उनीहरु नेपालसंग जोडिरहने विश्वास संघले लिएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको १४ विधामा खेलाडी तथा अफिसियल गरी १३० भन्दा बढीको सहभागीता रहेको थियो ।


विज्ञप्तिको पूर्णपाठ

गण्डकी प्रदेशमा गत १४ देखी २० अक्टोवर २०२२ सम्म आयोजना भई सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा संघको विभागीय टोलीले १० स्वर्ण ९ रजत र ७ कास्य गरी २६ पदक हासिल गरेकोमा गैरआवासीय नेपाली संघ सम्पूर्ण विजेता खेलाडी, प्रशिक्षक, म्यानेजर लगायत सम्पूर्ण सरोकारवालाहरुलाई बधाई तथा शुभाकामनाका साथ हार्दिक आभार प्रकट गर्दछ ।

पौडी विधामा सहभागी खेलाडी एस्ली सापकोटा डंगोलले ६ स्वर्ण, २ रजत र आशिष सापकोटा डंगोलले ३ स्वर्ण, ४ रजत र १ कास्य गरि कूल १६ पदक हासिल गरेका छन् ।

यसैगरी बक्सिङ विधाको ५७ केजी तौल समूहमा शिबु थापाले १ सुवर्ण, चन्द्र बहादुर तामाङले बक्सिङको ७१ केजी तौल समूहमा १ रजत, सनिल शाहीले ६७ केजी तौल समूहमा १ कास्य, लनटेनिस सिंगल विधामा आरभ सम्राट हाडाले १ रजत, महिला तेक्वाण्डो विधाको ७३ केजी तौल समूहमा सुमित्रा खत्रीले १ रजत, जुडो विधाको ६० केजी तौल समूहमा विकास विकले १ कास्य, फूल कन्ट्याक्ट कराँते विधाको ६५ केजी तौल समूहमा दिशान तामांगले १ कास्य, टेबुल टेनिस विधाको मिक्स डबलमा सुनिता लामा र दिप्शनले कास्य पदक, टेबुलटेनिस विधाको टिम इभेण्टमा क्रमशः महेश श्रेष्ठ, दिपशन, गणेश तामांग र प्रतिक थापाले कास्य पदक, ब्याडमिण्टन विधाको पुरुष तर्फको टिम इमेण्टमा दिवस विश्वकर्मा, साहिल चन्द, सुमन उदय, तुला राम धामी, एशिया जबेबु र विक बुढाले कास्य पदक हासिल गरेका छन् ।

सो राष्ट्रिय खेलकुद प्रतियोगिताको १४ विधामा खेलाडी तथा अफिसियल गरी १३० भन्दा बढीको सहभागीता रहेको थियो । खेलकुदको माध्यमबाट विदेशमा रहेका युवा तथा दोश्रो पुस्ताको नेपाल प्रति लगाव भएको र भविष्यमा पनि खेलकुद माध्यमबाट उनीहरु नेपालसंग जोडिरहने विश्वास संघले लिएको छ ।

रोशन थापा
हिमाल गुरुङ
राज रेग्मी

युवा उपाध्यक्ष, गैरआवासीय नेपाली संघ