१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्याकलिनद्वारा देश छाडेर भाग्ने कोसिस

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७९, सोमबार ०५:३७

भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय (ईडी)ले खुलसा गरेको छ ।

महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । मुद्रा अपचलन मुद्दाको अनुसन्धान गरिरहेको ईडीले ज्याकलिनको जमानतको विरोध गर्दै ज्याकलिन देश छोड्न खोजेको खुलासा गरेको छ ।

ईडीले अदालतमा दिएको जवाफमा ज्याकलिनले अनुसन्धानका लागि कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाउनुका साथै उनी देश छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ ।

ज्याकलिनमाथि सुकेशबाट ७ करोड भारतीय रुपैयाँभन्दा बढीको गहना उपहार लिएको आरोप छ । साथै ज्याकलिन सुकेशसँगको प्रेम सम्बन्धमा पनि रहेकी थिइन् । करोडौँ ठगी गरेको आरोप लागेका सुकेशबाट मूल्यवान उपहार लिएको भन्दै ज्याकलिनविरुद्ध मुद्दा दर्ता भएको थियो।

तर, ठगीको आरोपमा दिल्लीको मन्डोली जेलमा रहेका सुकेशले भने यो मुद्दामा ज्याकलिन निर्दोष रहेको दाबी गरेका छन् । कारागारबाट आफ्ना वकिललाई लेखेको पत्रमा उनले ज्याकलिनलाई महंगा उपहार र कार प्रेम सम्बन्धमा रहेको नाताले दिएको दाबी गरेका छन् ।

यस मुद्दाको अर्को सुनुवाई नोभेम्बर १० मा हुने छ।