८ बैशाख २०८१, शनिबार
Follow Us

लिभरपुल अन्तिम १६ मा

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७९, बिहीबार १०:३२
लन्डन । इंग्लिस क्लब लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । योर्गान क्लोपको टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको यो लगातार छैटौं पटक हो ।

४२औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि खाता खोलेका थिए । च्याम्पियन्स लिगको पछिल्लो चार खेलमा सलाहले गरेको यो छैटौं गोल हो । ४९औं मिनेटमा डार्विन नुनेजले लिभरपुलको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हार्भे इलियटले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए ।

लिभरपुल पाँच खेलमा १२ अंकसहित समूह ए को दोस्रो स्थानमा छ । समान खेलमा १५ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ । नेपोली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।

समूह चरणको अन्तिम खेलमा नेपोलीमाथि फराकिलो जित निकालेमा मात्र लिभरपुल समूह ए को विजेता बन्नेछ ।  समूह ए कै अर्को खेलमा नेपोलीले रेन्जर्सलाई ३-० ले हरायो