८ बैशाख २०८१, शनिबार
Follow Us

आर्सनलका फुटबल खेलाडी पाब्लोमाथि इटालीमा छुरा प्रहार

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७९, बिहीबार १९:५६

उत्तरी इटालीको मिलान नजिकैको एक सुपरमार्केटमा छुरा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ र कम्तीमा चार जना घाइते भएका छन् । केही गम्भीर घाइते छन्।

उनीहरूका अनुसार क्यारेफोर सुपरमार्केटका एक कर्मचारीको मृत्यु एसागो शहरमा एक व्यक्तिले मानिसहरूलाई आक्रमण गर्न थालेपछि भएको थियो।

घाइतेमध्ये आर्सनलबाट लोनमा रहेका फुटबल खेलाडी पाब्लो मारी पनि छन् ।

४६ वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ । आक्रमणको कारण अझै स्पष्ट हुन सकेको छैन ।

आक्रमणकारीलाई मानसिक स्वास्थ्य समस्या थियो, इटालियन मिडियामा रिपोर्ट संचार माध्यमले जनाएका छन् ।