७ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्सनल शीर्षस्थानमा फर्कियो

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७९, सोमबार ०५:२१

लन्डन । नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे ।

पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ । अघिल्लो रात लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर शीर्षस्थानमा उक्लिएको थियो । आर्सनल १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित फरेस्ट ९ अंक जोडेर पुछारमा छ ।

रसफोर्डको गोलमा युनाइटेडको जित
मार्कोस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाईटेडलाई १ ० अन्तरले पराजित गरेको छ । आइतबार राति रसफोर्डले खेलको ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा म्यानचेस्टरले महत्वपूर्ण तीन अंक हासिल गरेकाे हाे ।

जितसँगै युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै पाँचौस्थानमा उक्लिएको छ । वेस्ट ह्याम १३ खेलबाट १४ अंक सहित १३औं स्थानमा छ ।