१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूकेको बैठक : सम्पत्तिको हक र अधिकार बारे अन्तरक्रिया हुने

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७९, सोमबार २२:२५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको बैठक सम्पन्न भएको छ ।

अध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले
गैरआवासीय नेपालीहरुको सम्पत्तिको हकसम्बन्धि कानूनी व्यवस्थाका विषयमा विज्ञहरुसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

संघका उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार सो अन्तरक्रिया आगामी नोभेम्बर २७ तारिखमा गर्ने निर्णय भएको छ ।

अन्तरक्रियामा नेपालस्थित कानूनी विज्ञहरु तथा नेपाल बार एशोसिएसनका दुई अधिवक्ताहरुलाई समेत आमन्त्रण गरिएको छ ।

अन्तरक्रियामा सम्पत्तिको हकसम्बन्धि कानूनी व्यवस्था र त्यसमा रहेका जटिलताबारे सम्बन्धित विज्ञहरुले परामर्श दिने बताइएको छ ।

यसैबीच, गैरआवासीय नेपाली संघ यूकेको पछिल्लो अवस्था र गतिविधिहरुबारे जानकारी दिन संस्थाले आगामी आइतबार एक पत्रकार सम्मेलन गर्ने भएको छ।