६ बैशाख २०८१, बिहीबार
Follow Us

फिल्म ‘छड्के २’ को प्रदर्शन मिति घोषणा

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७९, मंगलवार ०५:३७

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माताले आज (मंगलबार) पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गते साेही फिल्मकाे प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि छन् । साेही फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा छायाँकन गरिएको थियो ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोलको अलावा रेशा आले मगर, रवीन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा आदिको अभिनय रहेको छ ।

निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको फिल्मको कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले रहेका छन् ।