६ बैशाख २०८१, बिहीबार
Follow Us

साहित्यकार पन्तलाई पुरस्कार

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७९, बिहीबार ०६:३६

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’ बोस्टनका नेपाली साहित्यकार महेश्वर पन्तलाई प्रदान गरिएको छ ।

राम श्रेष्ठद्वारा प्रायोजित पुरस्कार नगद २ सय ५० अमेरिकी डलरसहित सम्मानपत्र रहेको छ । न्युहयासायर च्याप्टरद्वारा आयोजित कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाले पन्तलाई पुरस्कार प्रदान गरेका हुन् ।

अनेसास केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाले पन्तको लेखन यात्राको प्रशंसा गर्दै सही प्रतिभा चयन गरेकोमा आभार प्रकट गरे । नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा सक्रिय रूपले सेवा गरेबापत पन्तलाई पुरस्कृत गरिएको जानकारी दिए ।

च्याप्टर अध्यक्ष हरिमाया अधिकारीले कथाकार पन्तको साहित्यमा योगदानबारे प्रकाश पारिन् ।

कार्यक्रममा अनेसास न्युहयासायर च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट, केन्द्रीय महासचिव विमला निरौला, साहित्यकार लालगोपाल सुवेदी, एनआरएनएन सीसीयूएसए महिला संयोजक सुन्दरी गुरुङलगायतले पन्तको साहित्यिक योगदानबारे चर्चा गरेका थिए ।