१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा व्याजदर बढ्यो, विज्ञ भन्छन् ‘पर्ख र हेर’

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७९, बिहीबार १३:४६

लण्डन् । बैंक अफ इङ्गल्याण्डले ब्याजको दरलाई ०.७५ प्रतिशत अंकले बढाएर ३ प्रतिशतमा र्पुयाएको छ ।

बिहिवार बैंकले जारी गरेको नयाँ दर तीन दशकभन्दा बढीको एकल सबैभन्दा ठूलो वृद्धि हो । यसअघि बैंक अफ इङ्गल्याण्डले बेलायत आर्थिक मन्दीमा रहेको बताएको थियो । लण्डनस्थित मर्गेज एडभाइजर ऋषि खनालका अनुसार बैंकको पछिल्लो निर्णयले तत्काल ट्रयाकर र भेरियवल रेटमा रहेका ग्राहकहरुलाई प्रभाव पार्नेछ । खनालले बेलायतको आर्थिक अवस्था अहिले अस्थिर रहेकाले घरजग्गा किन्नु भन्दा पहिला एक दुई महिना ‘पर्ख र हेर’ (वेट एण्ड सी) भन्ने सुझाव दिए ।

बैंकले आगामी वर्षमा बेलायतले लामो आर्थिकमन्दी सामना गर्न सक्ने, उच्च मुद्रास्फीति र बेरोजगारी दर बढ्ने वित्तीय संकट आउन सक्ने चेतावनी दिएको छ ।

पछिल्लो निर्णयले बेलायतमा घरजग्गामा लगानी गरेका नेपाली समुदायलाई समेत प्रत्यक्ष रुपमा प्रभाव पार्ने देखिएको छ । खनालका अनुसार आगामी वर्ष सन् २०२३ पछि रिमर्गेज गर्नेहरुको मासिक किस्ता चर्को रुपमा बढ्ने भएको हो । उनले वाई टु लेटको लागि घरमा लगानीकर्ताहरुको लागि भने बैंकको पछिल्लो निर्णयले पूर्ण रुपमा अप्ठ्यारोमा पारेको बताए । उनले अहिले घर किन्न खोज्नेहरु समेत पछिल्लो निर्णयबाट प्रभावित हुने छन् । खनालले आउने वर्ष बेलायतमा घरजग्गाको भाउ घट्ने अनुमान गरिएकाले केही महिना आर्थिक अवस्था हेरेर मात्र अघि बढ्न सुझाव दिए ।

यसरी बढ्छ घरको किस्दा उदाहरण : अहिले ३ लाख लोन छ २५ वर्षको लागि र मासिक १२५० पाउण्ड किस्ता छ भने आगामी वर्ष रिमर्गेज गर्दा मासिक १८५० मा पुग्छ ।