१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दिपुले नयाँ एलबम ल्याउने

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७३, बुधबार ११:५४

काठमाडौं । दर्जनौं लोकप्रिय गीत गाएर स्रोताको मन मनमा बसिसकेका ब्रो सीस ब्याण्डका दिपु गुरुङले फेरि नयाँ एलबमलाई बजारमा ल्याउने भएका छन् । गायक दीपु गुरुङ २००८ सालबाट लण्डनमा बसोबास गर्दै आएता पनि आफ्नो गीत संगीत देखि भने कहिले अलग भई बस्न सकेनन । लण्डनको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा आफ्नो ब्याण्डको गीतहरु गाएर त्यहाँ रहेकाका नेपाली स्रोताहरुको मन जित्न सफल उनले अन्ततः आफ्नो नयाँ एलबम लिएर स्रोतामाझ आउने भएका हुन ।
उनले ल्याउने ब्रो सीस भोलुम ४ को उक्त एलबमको गीतको भर्खरै रेकर्डिङ्ग र म्युजिक भिडियो सकेर उनी नेपालबाट लण्डनतिरै फर्किसकेका छन् । नयाँ बर्ष २०७४ सालसँगै आफ्नो नयाँ एलबमलाई स्रोतमाझ बजारमा ल्याउने उनले जानकारी दिए । उक्त एलबमलाई उनले नेपालमै आएर विमोचन गराउने योजनामा रहेका छन् । सो एलबममा ‘चन्चले…’, ‘मन मेरो…’, ‘पागल प्रेमी (नयाँ भर्सनमा) …’ आदी बोलको गीतहरु समावेश गरिएको उनले बताए ।
चाँडै बजारमा ल्याउने तयारीमा रहेको उक्त नयाँ एलबमको गीतमा नेपालीको पुरानो मौलिकतालाइ हराउन नदिने उनी बताउँछन् । ‘हामीले हाम्रो पुरानो मौलिकतालाई हराउन दिएका छैनौं ।’ उनले भने– ‘तर पुरानो मौलिकता भन्दैमा त्यही पुरानै पाराले पनि लागेको छैनौ ।’ आफ्ना पहिलाका स्रोता र अहिलेको पछिल्ला पुस्ता दुबैलाई मन पराउने खालको गीतहरु बजारमा ल्याउने उनले जानकारी दिए । धेरै वर्षपछि अनि धेरै मेहनत पछि ल्याउन लागिएको उक्त एलबमका गीतहरुलाई स्रोताहरुले मन पराउने विश्वास सो ब्याण्डले लिएको छ । विगतमा झै फेरि पनि नेपाली गीत संगितका पारखी तथा स्रोताहरुले आफू र आफ्नो एलबमलाई माया गर्नु हुनेछ मन पराउनु हुनेछ भन्ने आशा राखेको सो ब्याण्डका दिपु गरुङले वताए ।
ब्रो सीस ब्याण्ड ‘बस सुन्दरी ठण्डी महिना जाडो छ…’, ‘पागल प्रेमी मलाई बनाएउ…’, ‘झर झर झर्ने झरनाको पानी…’ ‘चाइना कम्पनि…’ जस्ता बहुचर्चित र लोकप्रिय गीतहरु गाएर स्रोताहरुको मन जित्न सफल चर्चित ब्याण्ड भित्र पर्छ । ५ जनाको टिम रहेको ब्रो सिस ब्याण्डले विगत १९९८ सालदेखि नेपाली गीत संगितको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । नेपालको पश्चिमी भेग सुन्दर नगरी पोखराको बहुचर्चित ब्याण्डको रुपमा स्थापित ब्रो सीसले नेपाली गीत संगितका स्रोता माझ निक्कै चर्चित गीतहरु पस्किसकेको छ ।