८ बैशाख २०८१, शनिबार
Follow Us

बीबीसी मास्टरशेफ सन्तोष शाह पनि चुनावी मैदानमा, रमेश र रविको पक्षमा मत माग्दै (भिडियो)

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७९, शनिबार ०३:४७

लण्डन् । बीबीसी मास्टरशेफ सन्तोष शाह पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् ।

शाहले एक भिडियो अपिल मार्फत काठमाण्डौं क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार रमेश खरेल र स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पक्षमा खुलेर लागेका छन् ।

शाह बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता हुन् ।

प्रतिस्पर्धामा शाहले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मन पराए पछि उनी विजेता बनेका थिए ।

शाह चुनावी मैदानमा उत्रिए पछि उनी भविष्यमा नेपालमै फर्केर राजनीति गर्ने सोच त बनाएका छैनन् ? भन्ने प्रश्न समेत उठेको छ ।