१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्सको तयारी

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७९, शनिबार १४:००

लन्डन । बेलायतमा तेश्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ । लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।

मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् । उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ । प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तिकरणमा जोड दिने बताइन् ।

व्यवसायिक, निष्पक्ष र आकर्षक ढंगमा प्रतियोगिता गर्न लन्डन फेसन हाउस जुटिरहेको छ । प्रतियोगितामा भाग लिन इच्छुक विवाहित महिलालाई सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् । विभिन्न टाइटिल रहने उक्त प्रतियोगिता निष्पक्ष बनाउन निर्णायकमा विभिन्न क्षेत्रका विज्ञहरु राखिने भएको छ ।