१५ चैत्र २०८०, बिहीबार
Follow Us

हाल्यान्डद्वारा सिटीको उद्धार

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७९, आईतवार ०६:१२

लन्डन । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एर्लिङ हाल्यान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई शनिबार राति २-१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान इतिहादमा पहिलो हाफमै १० खेलाडीमा सिमित भएपछि सिटी दवावमा आएको थियो । फुलहमले पहिलो हाफमै १-१ गोलको बराबरी गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हाल्यान्डलाई मैदान पठाएका थिए । इन्जुरी सयममा पेनाल्टीमा गोल गर्दै हाल्यान्डले जित दिलाए ।

यस अघि १७औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सिटीका जोआओ कान्सेलोले ह्यारी विल्सलाई लडाएपछि फुलहमले पेनाल्टी पायो । सिटी १० खेलाडीमा सिमित भयो । सोहि पेनाल्टीलाई २८औं मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।

जितसँगै सिटी १३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

राति भएको अन्य खेलमा एभर्टनलाई लेस्टरले २-० ले, ब्राइटनले उल्भ्सलाई ३-२, लिड्सले बर्नामाउथलाई ४-३ ले पराजित गर्दा नटिंघम फोरेस्टले ब्रेन्फोर्डसँग २-२ गोलको बराबरी खेलेका छन् ।