१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रवासी मञ्चका प्रतिनिधिलाई एनआरएनए मुख्यालयमा स्वागत (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७९, सोमबार ०५:४९

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशनमा सहभागी हुन काठमाण्डौंमा जम्मा भएका प्रतिनिधिहरुलाई स्वागत गरेको छ ।

संघकी कार्यकारी अध्यक्ष रवीना थापा र डा. बद्री केसीले सोमबार बिहान ८ बजे वालुवाटरस्थित सचिवालयमा चियापान कार्यक्रमको आयोजना गरेर स्वागत गरेका हुन् ।

नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन शनिबार र आइतबार काठमाडौंमा सम्पन्न भएको थियो। अधिवेशनले अमेरिकाका संजय थापाको नेतृत्वमा आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनका लागि विश्वका विभिन्न मुलुकबाट २ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आएका छन्।