८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालको पर्यटन प्रवर्द्धनमा एनआरएनएको भूमिका विषयक कार्यशाला सम्पन्न

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७९, मंगलवार ०२:०१

काठमाडाैं | गैरआवसीय नेपाली संघ र ग्लोबल एक्रिडिएसन काउन्सिलको संयुक्त आयोजनमा आयोजनामा नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका विषयक एक अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।

गैरआवसीय नेपाली संघको सभाहलमा मंगलवार आयोजना गरिएको यस अन्र्तक्रियात्मक कार्यशालामा सहआयोजक युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम र मुनलाईट टेलिभिजनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

आयोजित कार्यक्रममा गैरआवसीय नेपाली संघका तर्फबाट प्रवक्ता सोम नाथ सापकोटाले संयोजकको जिम्मेवारी निर्वाह गर्दै नेपालको पर्यापर्यटनको विकासमा गैरआवसीय नेपाली संघको भूमिका र विद्यमान चुनौतीको विषयमा एक कार्यपत्र प्रस्तुत गरे । प्रवक्ता सापकोटा गैरआवसीय नेपाली संघको पर्यटन प्रवर्द्धन नेपाल समितिका सभापति समेत हुन् ।

कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले गैरआवसीय नेपाली संघका हरेक सदश्य नेपालको पर्यटन प्रवर्द्धनका लागि सद्भावना राजदुत भएको बताए ।
कार्यक्रममा पर्यटन बोर्डका तर्फबाट निर्देशक लक्ष्मण गौतमले गैरआवसीय नेपाली संघको प्रयासको सह्राना गर्दैै यस किसिमका सबै खाले कार्यक्रमहरुमा बोर्डको सक्रिय सहभागिता र सहयोग रहने बताए ।