७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधिसभा निर्वाचन बागलुङ: देवेन्द्र पौडेल र डा. सूर्य पाठकको सम्भवना बलियो

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७९, मंगलवार १३:०९

बागलुङ । बागलुङमा राष्ट्रिय जनमोर्चाको बिद्रोही समूहले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भए पछि बाग्लुङ १ नम्बरमा उम्मेदवार बनेका चित्र बहादुर केसी अप्ठ्यारोमा परेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा राष्ट्रिय जनमोर्चाबाट बागी उम्मेदवारी दिएकी दुर्गादेवी घर्ती मगरले नेकपा एमालेले बुर्तिबाङमा गरेको सभामा संवोधन गर्दै आफूले उम्मेदवारी निस्क्रिय पारेर एमालेलाई समर्थन गरेको बताइन् । घर्तीको पछिल्लो घोषणाले नेकपामा एमालेका युवा उम्मेदवार डा. सूर्य पाठकको अवस्था थप बलियो हुदै आएको बताइन्छ ।

उनले बागलुङका प्रतिनिधि सभाका दुवै र प्रदेश सभाका चार वटै क्षेत्रमा आफूहरुको समर्थन एमालेलाई रहेको बताइन् ।

उनले उम्मेदवारी निस्क्रिय पारेपछि यो क्षेत्रमा अब ६ जना उम्मेदवार प्रतिस्पर्धमा छन् ।

यसअघि जनमोर्चाको बिद्रोही समूहका प्रतिनिधि तिलक पुन र एमालेका जिल्ला सचिव विष्णु भुषालले संयुक्त विज्ञप्ति निकालेर विगतको सहकार्यलाई कायम राख्दै बागलुङमा एमालेका उम्मेदवारहरुलाई सहयोग गर्ने बताएका थिए ।

क्षेत्र नम्बर २ मा भने जनमोर्चाले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई समर्थन गरेको छ । बागलुङका चार वटै प्रदेश सभा सिटमा सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार छन् । प्रतिनिधिसभामा शिक्षा मन्त्री समेत रहेका पौडेल र डा. पाठकको निर्वाचन अभियानले तिब्रता लिदा ८२ वर्षिया चित्र बहादुर केसी धेरै पछि परेको अनुमान हुन थालेको छ ।

मंगलवार सार्वजनिक गरेको एक सर्वेले केसी र डा. पाठकबीच तिब्रप्रतिस्पर्धा हुने सर्वेक्षण निकालेको थियो । क्षेत्र नम्बर २ मा पौडेल ग्रिन जोनमा छन् । प्रदेशसभामा बाग्लुङका ४ सिटमा गठबन्धनका उम्मेदवारनै अग्रस्थानमा रहेको बताइन्छ । नेकपा एमालेको पटक रहेको क्षेत्र नंम्बर १ को क बाट प्रदेशसभाको लागि उम्मेदवार बनेका हिरा केसी र कांग्रेस नेता दिपेन्द्र थापाबीच तिब्र प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा अन्तर्रत बागलुङ (ख) मा कांग्रेस उम्मेदवार दिल्लीराम सुवेदीको जित सुनिश्चित जस्तै रहेको बताइन्छ ।