December 8, 2022
9:15 AM | 3:00 PM
?>
खेल

एभर्टन बाहिरियो

  09/11/2022 मा प्रकाशित

लन्डन । बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङलिस लिग कपबाट बाहिरिएको छ । बर्नमाउथको जितमा जमाल लोवी,जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक गोल गरे । एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे ।

जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङलिस प्रिमियर लिगको लगातार चार खेलमा पराजित भएको थियो । यससँगै बर्नमाउथले पाँचौ खेलमा आएर हारको शृंखलामाथि समेत पूर्णविराम लगाएको छ ।

पछिल्लो खेलमा प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पराजित भएपछि लाम्पार्डले मंगलबार बर्नमाउथविरुद्ध १-१ खेलाडी परिवर्तन गर्दै टोली मैदानमा उतारेका थिए । लिग कपअन्तर्गत मंगलबार सम्पन्न अन्य खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३-० ले हरायो भने बनर्लीले क्रले टाउनलाई ३-१ ले निराश पार्यो ।

त्यस्तै जेलिनघमले ब्रन्टफोर्डलाई पेनाल्टी सुटआउटमा ६-५ ले हरायो भने लिङकन सिटीले ब्रिस्टोल सिटीलाई ३-१ ले पराजित गरेको छ ।

प्रतिक्रिया


?>