December 8, 2022
9:50 AM | 3:35 PM
?>
कला तथा मनोरन्जन

जेरी र शङ्करबिच औपचारिक रूपमा सम्बन्ध विच्छेद

  10/11/2022 मा प्रकाशित

काठमाडौँ । कलाकार बबिता बानियाँ ‘जेरी’ र शङ्कर क्षेत्रीबिच बिहीबार औपचारिक रूपमै सम्बन्ध विच्छेद भएको छ ।

काठमाडौँ जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेदलाई औपचारिक रूप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

बच्चाको लालन पालन शङ्करले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबिच भएको छ । जेरी र शङ्करबिच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

प्रतिक्रिया


?>