१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मुख्यमन्त्री भट्ट र एनआरएनए अध्यक्ष थापाबीच भेट

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७९, शुक्रबार ०६:१४

धनगढी । गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापा र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटघाट भएको छ ।

थापासंगको भेटमा मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउनु भयो । उहाँले गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न आफु इच्छुक रहेको बताउनु भयो ।

विहिवार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनएहरु इच्छुक रहेको बताउनु भयो ।

यसैबीच, अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसंग समेत भेटघाट गर्नु भएको छ । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशसा गर्नुभयो ।

भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।