December 8, 2022
10:32 AM | 4:17 PM
?>
खेल

युनाइटेडको जित

  14/11/2022 मा प्रकाशित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले फुलहमलाई २-१ ले हराएको छ ।

१४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा डानिल जेम्सले फुलहमलाई बराबरीमा फर्काए ।

इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई विश्वकप अघिको विश्राममा महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । फुलहम १९ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया


?>