१५ चैत्र २०८०, बिहीबार
Follow Us

लन्डनमा राजेश पायलको लाईभ सो भब्य

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७९, सोमबार १०:१९

शिब भण्डारी
लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतले आयोजना गरेको नेपालका चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई एकल सांगीतिक साँझ भब्य रुपले सम्पन्न भएको छ । नोभेम्बर १२ शनिबार साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको एक भव्य कन्सर्ट हेर्न दर्शक ओइरिएका थिए । मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । टिकट काट्नेको भीड थामिसक्नु थिएन । एकसाथ हजारौँ दर्शकको उपस्थितिले हम्मेहम्मे परेको थियो ।

बेलायतका विभिन्न शहरबाट ओइरिएका दर्शक ‘राई इज किङ’ को प्रतिक्षामा थिए ।निर्धारित समयमै कार्यक्रमस्थलमा आइपुगेका उनी कार्यक्रम स्थलको प्रवेशद्धारबाट हात हल्लाउँदै आयोजक सहित मञ्चमा पुगेका थिए ।दर्शकहरुले उनलाई तालीको गडगडाहटले न्यानो स्वागत गरे ।

नेपालका लोकप्रिय गायक राजेशपायलले करिब अढाइ घण्टा लाइभ ब्याण्डका साथ ननस्टप गाएर दर्शक नचाए ।आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार,मैले मायाले दिएको मायाको चिनो, म त मर्छु कि क्या हो लगायत दर्जनौं गीत गाएर दर्शक उचाले ।गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापाले सघाएका थिए । स्टेजमा प्रस्तुति दिइरहंदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत संगीत नभुल्न सुझाव दिए।आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहंदा उनले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गरे ।

किराया बेलायत अध्यक्ष चन्द्रबहादुर राईले कन्सर्टमा झण्डै हजार दर्शक सहभागी भएको जनाउंदै यसले बेलायतभर छरिएर रहेका हरेक जातका नेपालीलाई एकै थलोमा एकत्रित गरेको बताए । ‘यो सामाजिक सद्भावको एउटा उत्कृष्ट नमुना पनि हो’, उनले भने । महासचिव चन्द्रवती राई एवं उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष राईले गायक र संगीतकर्मीहरुलाई सम्मान गरेका थिए । कार्यक्रम संयोजन संस्थाका उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले गरेका थिए ।

कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरु समेतको उपस्थिति रहेको थियो ।न्पाल पत्रकार महासंघ बेलायतका ऊपाध्यक्ष शिब भन्डारीका अनुसार कार्यक्रममा सहभागी दर्शकले बेलायतको इतिहास मै अहिले सम्मकै धेरै मनोरञ्जन दिएको ऐतिहासिक र भब्य रहेको बताए ।
तस्बिर : शिब भण्डारी/ लन्डन