१५ चैत्र २०८०, बिहीबार
Follow Us

केन्याविरुद्धको पहिलो खेलको सम्पूर्ण टिकट विक्री

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७३, शुक्रबार ०९:५५

काठमाडौं । अन्र्तराष्टिय क्रिकेट परिषद विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत नेपालको कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा फागुन भोलि शनिबार हुने पहिलो म्याचको सम्पूर्णं टिकट बिक्री भएका छन् ।
टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवा फोन पे. प्रा.लिका अनुसार ११ हजार दुई सय टिकट विक्री भएका छन् । इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भन्नुभयो ‘हामीलाई आइसीसीले टिकट विक्री रोक्न आग्रह गरेअनुसार टिकट विक्री रोकेका छौं’ । सोमबार हुने दोस्रो म्याचको पनि सिमित टिकट बाँकी रहेको इसेवाले जनाएको छ ।
आईसीसीले टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक पनि सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था इसेवाले मिलाएको थियो । पहिलो दिनको टिकट रोकिएपनि दोस्रो म्याचको टिकट विक्री भने खुल्ला रहेको छ । सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि झिहरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।
गतवर्ष नेपाल र नामिबियाबीच भएको खेलको सम्पूर्ण टिकट इसेवामार्फत नै अनलाइन बिक्री गरिएको थियो । उक्त खेलको सम्पूर्ण टिकट पनि खेल हुने दिनभन्दा एकदिन अगावै बिक्री भइसकेको थियो । सन् २०१९ को विश्वकप छनोट खेल खेल्नका लागि नेपाल टप फोरमा पुग्नैपर्ने हुन्छ । हालको अंकतालिकामा नेपाल ६ अंक सहित छैठौ स्थानमा रहेको छ भने ८ अंकसहित केन्या पाँचौ स्थानमा रहेको छ ।