१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सहज वातावरण बनाउन पत्रकार महासंघको माग

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७९, शुक्रबार १२:३७

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ ।

शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिन समेत महासंघले आग्रह गरेको छ ।

महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।’

यस्तै निर्वाचनको क्रममा सबै खाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघ सरकारसँग आग्रह गरेको छ ।