१३ बैशाख २०८१, बिहीबार
Follow Us

मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको निधन

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७९, शनिबार ०६:१४

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।