७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली कलाकारले ल्याए हिन्दी गीत ओ वेवफा

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७९, शनिबार ०६:१६

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारले पनि हिन्दी भाषामा गीत निकाल्ने क्रम बढेको छ । यसै क्रममा गीतकार समीर खानले नेपालमै रेकर्ड गरेर हिन्दी गीत ओ वेवफा…यतीबेला बजारमा ल्याएका छन् । यस अघि भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाका गीत लेखेका खानले यतिबेला प्रेम भावको यो गीत दर्शकमाझ ल्याएका हुन् । यो गीतको भिडियोलाई बिहिबार आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो गीतको सम्पूर्ण कार्य नेपालमै गरिएको हो । गीतमा रुपक डोटेलको स्वर रहेको छ । जसमा संगीत र संगीत संयोजन राजेन्द्र बजगाईंको छ । यसको मिक्सिङ मनोज परियारले गरेका हुन् ।

गीतको भिडियो कथानक शैलीमा आकर्षक बनेको छ । यो गीतको भिडियोलाई चलचित्र निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक माधव राज सहित अभिनेत्री साक्षी लम्साल र अभिनेता सागर जि. तमाङले अभिनय गरेका छन् ।

यस अघि भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका निर्देशक खरेलले भारतीय म्युजिक भिडियोको गुणस्तरलाई मध्यनजर राख्दै सोही अनुसारको यो भिडियो तयार गरेका छन् ।

भिडियोलाई क्यामोदिन मियाँले सम्पादन गरेका छन् । जसमा समिर मियाँको सम्पादन तथा एनिमेशन रहेको छ । एरा प्रोडक्सनको ब्यानरमा यो भिडियोलाई कमला जोशीले निर्माण गरेकी हुन । जिवन पराजुलीको छायाँकन रहेको यो भिडियोलाई नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको छ ।