१३ बैशाख २०८१, बिहीबार
Follow Us

चुनावको पर्यवेक्षण गर्न पहिलो पटक एनआरएनएलाई अनुमति

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७९, शनिबार १२:३७

चुनावमा १० हजार ८९२ मतदान स्थल

लण्डन् । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई समेत अनुमति दिएको छ ।
गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाका अनुसार गैरआवासीय नेपाली संघले १४ जना औपाचारिक रुपमा पर्यवेक्षकको रुपमा देशमा बिभिन्न मतदान केन्द्रमा पठाएको छ ।

चुनाव पर्यवेक्षण गर्न भारत सहित दक्षिण एसियाका कतिपय देशका उच्च अधिकारी नेपाल आइपुगेका छन्। उनीहरुसंगै एनआरएनए प्रतिनिधिहरु समेत पर्यवेक्षणमा सहभागि हुने छन् । पर्यवेक्षणको लागि अध्यक्ष थापा गण्डकी प्रदेशको पोखरा पुगेकी छन् । यस्तै एशिया क्षेत्रीय संयोजक पारमणी पोखरेल मोरङ जिल्लामा खटिएका छन् ।

आइतबार बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल, सलाई र लाइटर जस्ता वस्तुलाई निषेधित गरेको छ।

प्रतिनिधिसभा र सात वटा प्रदेशसभाका सदस्य चयनका लागि हुन लागेको चुनावमा ५,६०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक मतदाताले चार वटा मतपत्रमा भोट खसाल्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

यस पटकको चुनावमा १० हजार ८९२ मतदान स्थलहरू राखिएका छन्।

मतदान व्यवस्थित बनाउन २२ हजार दुई सय भन्दा बढी मतदान केन्द्र कायम गरिएको छ।