११ बैशाख २०८१, मंगलवार
Follow Us

बाग्मती सफाइ अभियानमा सुन्दरीजल देखि चोभारसम्म पदयात्रा

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार ०७:२८

काठमाडौँ, बाग्मती सरसफाइ अभियानको २०० औँ साता पुगेको अवसरमा आज ‘बागमती पदयात्रा’ गरिएको छ । अभियानलाई अझै प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा गरिएको हो । वि.सं. २०७० जेठ ५ देखि सुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा गरिएको हो । बाग्मती सरसफाइ मुल आयोजक समितिले शंखमुल मनोहरा दोभानमा मुल समारोहको आयोजना गरेको जनाएको छ । प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखलगायत अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा हुने पदयात्रा सुन्दरीजल, गोकर्ण लगायत १८ वटा स्थानबाट गरिएको आयोजकले जनाएको छ । १५ वटा मुख्य र ३ वटा सहायक स्थानमा एकसाथ कार्यक्रम सुरु गरिनेछ । कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी छन् । पदयात्रामा १ लाखभन्दा बढीको उपस्थिति रहने आयोजकको विश्वास छ ।
बागमती सरफाई अभियानका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शंखमूल क्षेत्रमा, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सरसफाई अभियानमा सहभागी हुनुभएको थियो । यसअघि सरकारले २०७१ मा चैत २८ मा १०० औं साता पुगेको अबसरमा सुन्दरीजलदेखि चोभारसम्म करिब २८ किलोमिटर लामो मानव साङग्लो बनाइएको थियो ।