१३ बैशाख २०८१, बिहीबार
Follow Us

चुनाव जितेर ‘ड्राइभिङ सिट’मा बसेर देश हाँक्ने हो : गगन

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७९, आईतवार ०४:१६

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री गगनकुमार थापाले सांसद जितेको भोलिपल्टैबाट संसदीय दलको नेतामा तयारी गर्ने बताएका छन् ।

मतदानपश्चात् कुराकानी गर्दै उनले भने, ‘बदलाव आयो भने काँग्रेसभित्र आउने हो, जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो ।’महामन्त्री थापाले संसदीय दलको निर्वाचन जितेर ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताए ।