December 8, 2022
9:56 AM | 3:41 PM
?>
कला तथा मनोरन्जन

रामकृष्ण ढकालको ‘भो आँशु नझार’मा नारायण र गंगा

  20/11/2022 मा प्रकाशित

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको ‘भो आँशु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्तशैलीमा देखाइएको छ।  गीतकार नारायण कंडेलका ‘भेट भयो सोल्टिनीसँग’, ‘चाइनेजो’, लगायतका  गीतहरू चर्चित छन् ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=gVMeqvFob3o

प्रतिक्रिया


?>