१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मनाङमा ७० दशमलव ६७ प्रतिशत मत खस्यो

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७९, आईतवार १०:३७

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३:१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३:१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो । “दिउँसो सवा तीन बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ”, उनले भने । कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।