६ बैशाख २०८१, बिहीबार
Follow Us

बैतडी जिप दुर्घटनामा पाँच प्रहरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७९, सोमबार ०४:०७

बैतडी । बैतडीमा प्रहरी चढेको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गइरहेको छ ।