१५ चैत्र २०८०, बिहीबार
Follow Us

मुस्ताङ र भक्तपुरमा कांग्रेस अगाडि

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७९, सोमबार ०४:१०

काठमाडौं । मुस्ताङ र भक्तपुरमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । थापाले २२३१ र बस्नेतले १६३२ मत पाएका छन् । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली १०६८ मतसहित अगाडि छन् । एमालेका प्रेमप्रसाद तुलाचनले ८०७ मत पाएका छन् ।

ललितपुर २ मा एमालेको अग्रता
प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ ।एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ ।  त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।