१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुस्ताङबाट कांग्रेसका योगेश गौचन निर्वाचित

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७९, सोमबार ०६:२१

मुस्ताङ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ ।