१२ बैशाख २०८१, बुधबार
Follow Us

संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७९, सोमबार ०९:३७

बेइजिङ । चीनको राजधानी बेइजिङका विभिन्न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीहरुलाई अनलाइन कक्षा सुरु भएको छ ।

मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ । आइतबार २६ हजार ८२४ जना नयाँ  संक्रमित भेटिएका थिए । कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो । चीनमा ६ महिनापछि पहिलो पटक काेभिडबाट मृत्यु भएकाे हाे ।