८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाश ५ हजार मतान्तरले अगाडि

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७९, मंगलवार ०४:१७

काठमाडौं । नेपाल कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले झन्डै ५ हजार मतान्तरले अग्रता लिएका छन् । गगन काठमाडौं–४ बाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ५ हजार मतान्तरले पछाडि छाडेका छन् भने झापा–१ मा विश्वप्रकाशले एमाले उम्मेदवार अग्नि खरेललाई पछाडि पारेका हुन् ।

विश्वप्रकाशले १२ हजार ६ सय ९९ मत पाउँदा खरेलले ७ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ९ सय हो ।

यता गगनले सुरुवातदेखि नै अग्रता लिएका हुन् । उनले ५ हजार ५ सय ६८ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा भट्टरार्ईले ११ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।