७ बैशाख २०८१, शुक्रबार
Follow Us

समानुपातिकमा एमालेलाई अग्रता, दोस्रोमा कांग्रेस

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७९, मंगलवार ०४:१९

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ  । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ ।