१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौं-५ मा कांग्रेसका पौडेलको अगाडि

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७९, मंगलवार ०७:२७

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन् ।

अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको ६ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको ४ हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिएका हुन् ।

यस क्षेत्रमा कूल ७० हजार ९ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार ९ सय ९७ मत खसेको थियो । काठमाडौं क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।