१३ बैशाख २०८१, बिहीबार
Follow Us

मकवानपुर १ मा बर्तौला, २ मा डीनाको अग्रता

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७९, मंगलवार १३:०६

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ । आज अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त मतगणना हुँदा नेकपा (एमाले)का महेश बर्तौलाले अग्रता कायमै राख्नुभएको छ । उहाँले छ हजार तीन सय ४९ मतसहित अग्रता कायम राख्नुभएको हो । त्यस्तै, लोकतान्त्रिक–वाम गठबन्धनका विरोध खतिवडाले छ हजार आठ मत प्राप्त गर्नुभएको छ । बर्तौला खतिवडाभन्दा तीन सय ४१ मतले अगाडि हुनुहुन्छ ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले दुई हजार दुई सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली दुई सय ६३ मत प्राप्त गर्नुभएको छ भने आठ सय नौ मत बदर भएको छ ।

यस्तै, जिल्लाको क्षेत्र नं १ मा १५ हजार एक सय ५३ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवारी दिएका महालक्ष्मी उपाध्याय डीनाले छ हजार नौ सय ५२ मत, सूर्य चिह्न लिएर उम्मेदवारी दिएका राप्रपाका नेपालका अध्यक्ष कमल थापाले चार हजार आठ सय ९६ मत र राप्रपाका अध्यक्ष दीपकबहादुर सिंहले एक हजार आठ सय तीन मत प्राप्त गर्नुभएको छ ।