१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलको जीत निश्चित

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७९, मंगलवार १५:२१

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो ।

३ हजार ७७९ गन्न बाँकी हुँदा पौडेलले ४६११ मतान्तर बनाएका छन् । हालसम्म २५ हजार ९८७ मतमध्ये ४२ हजार २०८ मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए ।